× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

    २ वर्ष पहिले

    असार-२२, अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्ष एवं सत्ता पक्षको सांसदको ब्यापक दबावको बिच राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

    प्रतिनिधिसभाको बैठकमा विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए। उनले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए।

    बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको जिकिर गरे । समितिले छानबिन गरोस् भन्‍ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएको स्पष्ट पारे । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहोर्‍याए । अर्थमन्त्रीले भने, ‘सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।’