× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम कस्तो हुनेछ?

    २ वर्ष पहिले

    असार -२४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम का थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।

    विभागको अनुसार आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमतीप्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन,चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।