× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ट्रकको ठक्करबाट दुर्घटनामा परेका इच्छाकामनाका सन्दिप गुरुङ्ग रहेनन्

    २ वर्ष पहिले

    असार २७, चितवन
    मध्यराति चितवनको नारायणगढमा दुर्घटनामा परी इच्छाकामना एक युवकको ज्यान गएको छ । पुलचोकबाट मुग्लिन तर्फ आउदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रककले भित्री सडकबाट पोखरा बसपार्क निस्कने क्रममा ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडी सवार चितवनको इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको उपचारको क्रममा विहान २ः०५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक नवलपुरको गैंडाकोट–४ का २१ वर्षीय मनिस लामा गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।