३ वर्ष पहिले
असार-२७, अवैध रुपमा जडिबुटी ओसारपसार गर्दै गरेको अबस्थामा धार्चे ५ यमगाउँका सुकबहादुर गुरुङ्लाई पक्राउ गरेका छन् ।
संकलन तथा छुटपुर्जीबिना जडिबुटी ओसारपसार गरिरहेका गुरुङलाई शनिबार अपरान्ह तीनबजे गोरखा आरुघाटको बगैँचा टोलबाट पक्राउ गरिएको एसपी केदार खनालले जानकारी दिए ।
उनको साथबाट १६ बोरा(करिब २९५ किलोग्राम) सेतक चिनी, दुईबोरा(४६ किलोग्राम) वनलसुन र दुईबोरा(४२ किलोग्राम) सतुवा र सो जडिबुटी ढुवानीका लागि प्रयोग गरिएको बागमती प्रदेश ०१–०२६ च ८०८२ नंबरको जीप बरामद गरिएको उनले बताए ।
जटिबुटी ओसारपसार गर्ने व्यवसायी गुरुङसित आवश्यक कागजात नभएकाले पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । जडिबुटी व्यवसायी गुरुङलाई सोमबार वन डिभिजन कार्यालयमा बुझाउने कार्यक्रम रहेको प्रहरीले जनाएको छ ।