× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका निजी विद्यालयको शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव

    २ वर्ष पहिले

    असार -२८, चितवनका निजी विद्यालयहरुले शैक्षिक शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेका छन् ।

    निजी विद्यालयको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)’ चितवनले मूल्य बृद्धिको बाध्यात्मक अवस्था भन्दै ३० देखि ५० प्रतिशतसम्म शुल्क बढाउन स्थानीय तहलाई प्रस्ताव गरेको हो ।

    स्थानीय तहको शिक्षा महाशाखा वा शाखाले यसको निर्णय गर्ने प्रावधान रहेको छ । प्याब्सनले असार २५ गते शनिबार एक विज्ञप्ति जारी गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तहको शिक्षा शाखामा पेस गरेको लामो समय भइसक्दा पनि शुल्क समायोजन नभएको भन्दै प्याब्सनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    समयमा स्थानीय तहले मूल्य समायोजनको निर्णय नगर्दा कक्षा ११ मा नयाँ शुल्क कति लिने अन्योल भएको भन्दै महंगीको कारण विद्यालय सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ । प्याब्सनले विज्ञप्तिमा आफ्ना शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रन सक्ने भन्दै गम्भीर बन्न अनुरोध गरेको छ ।

    प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधी अर्यालले २०७६ सालदेखि चितवनमा निजी विद्यालयकहरुको शुल्क समायोजन नभएको बताए । उनले भने, ‘ मूल्य वृद्धि भएसँगै ३० देखि ५० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव गरेका छौं । हामीले चितवनका सातवटै स्थानीय तहमा प्रस्ताव पठाइसकेकाले उनीहरुले चासो राख्न जरुरी छ ।’

    ।’