२ वर्ष पहिले
असार-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ७ सय ६७ जना पुगेको छ ।
२४ घण्टामा २ हजार २७ जनाको पिसिआर परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८० हजार ७ सय जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ४६ हजार ६ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार १ सय ४८ रहेको छ भने संस्थागत आइसोलेसनमा २३ जना रहेको छ।
२४ घण्टामा ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ८ सय ५० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १४ जना र भेन्टिलेटरमा १ जना रहेको छ।