× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    देशभर आंशिक देखि सामान्यता बदली,पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना

    २ वर्ष पहिले

    असार -३१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर आंशिक देखि सामान्यता बदली रहेको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

    विभागको अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै,राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।