× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना केवुलकारकाे टिकट दरमा बृद्धि

    २ वर्ष पहिले

    असार ३१, कुरिनटार । यहि २०७९ श्रावण १ गतेबाट लागू हुने गरी मनकामना दर्शन प्रा. लि.ले मनकामना केवुलकारकाे टिकट दरमा केहि बृद्धि हुने जनाएकाे छ । बिगत ४ बर्ष देखि स्थिर रहेकाे टिकटकाे मूल्य बढ्दाे बजार भाउ, तलबबृद्धि र बिश्व बजारलाइ ध्यानमा राखेर थाेरै मात्र बृद्धि गर्न गइरहेकाे नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयाे । टिकटदरमा बृद्धि गर्नुपर्ने बाध्यता भएतापनि हाल देशकाे आर्थिक अवस्थालाइ समेत ध्यानमा राखेर केवल ३ देखि ४ प्रतिशत भन्दा बढि नहुने गरी नया टिकटदर कायम हुने समेत शेरचनले बताउनु भयाे ।

    हाल नयाँ टिकटदर यस प्रकार रहने कम्पनिले जनाएकाे छ ।

    CategoryTwo WayOne Way
    Nepali Normal700410
    Child420245
    Student525305
    Senior Citizen490285
    Diff-able350205
    Indian880520
    Indian Child576336
    SAARC/Chinese$10$6
    SAARC/Chinese child$7$4
    Foreigner$20$11
    Foreigner Child$15$8
    Goat240