× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय २९ संक्रमित थपिए, निको हुनेको संख्या ४८

    २ वर्ष पहिले

    असार-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय २८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ९ सय ९७ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ६ सय ४४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८२ हजार ३ सय ४४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ४८ हजार ७ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार २ सय ४९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३५ जना रहेको छ।

    २४ घण्टामा ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ९ सय ६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १४ जना र भेन्टिलेटरमा १ जना रहेको छ।