× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भानुजयन्तीको अवसरमा कुरिनटारमा आयोजित खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    असार-३१, इच्छाकामना साहित्य प्रवाहद्वारा २०९ औ भानुजयन्तीको अवसरमा सर्वशान्ति मावि कुरिनटारमा आयोजित खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम आज(शुक्रबार) सम्पन्न भएको छ।

    इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष माया सिलवालको विशिष्ठ आतिथ्यमा सम्पन्न कबिता प्रतियोगितामा विमला अधिकारी देवकोटा प्रथम, ध्रुब अधिकारी द्वितीय र राजु परियार तृतीय भएका छन्।

    त्यसैगरी स्रष्टा सम्मान अन्तर्गत “कालो नैवेद्य” कविता कृतिका लागि छन्दवादी कवि कृष्णप्रसाद पोखरेल र “मनकली” उपन्यास कृतिका लागि विमला अधिकारी देवकोटालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि गुरुङले आयोजक इच्छाकामना साहित्य प्रवाहको उत्तरोत्तर प्रगतिको कामना गर्दै साहित्य,कला संस्कृतिको प्रवर्धनका लागि गाउँपालिकाबाट सहयोग गर्ने धारणा राख्नुभयो ।

    सो कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रममा आतिथिको रुपमा वडा नं ४ का अध्यक्ष रुद्र उप्रेती, नेकपा एमाले इच्छाकामनाका पार्टी अध्यक्ष कृष्ण प्रसाद सिलवाल, इच्छाकामना साहित्य प्रवाहका वर्तमान तथा पूर्व कार्यसमिति तथा सल्लाहकार समिति साथै साहित्यानुरागी शिक्षक तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो ।