× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनका पत्रकार कृष्ण आचार्यमाथि विद्युतका कर्मचारीद्वारा हातपात

    २ वर्ष पहिले

    असार-३२,प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले हातपात र दुव्र्यवहार गरेको आरोप लागेको छ ।

    भरतपुरमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालयभित्र भोज चलिरहेको सूचनाको आधारमा सूचना संकलन गर्न पुगेका पत्रकार आचार्यमाथि मदिराले मातिएका कर्मचारीहरुले हातपात गरेको पत्रकार आचार्यले बताए ।

    भोज चलिरहेको फोटो खिचेर फर्किने क्रममा उनीमाथि मदिराले मात्तिएका कर्मचारीहरुले हातपात गर्दै उनको साथमा रहेको दुईवटा मोबाइलसमेत खोसेर लगेको पत्रकार आचार्यले बताए । जबरजस्ती फुत्किएर विद्युतको कार्यालय परिसरबाट भागेका पत्रकार आचार्यलाई आक्रमणकारीले निकै परसम्म लखेटेका थिए । उनको छाती र हातमा चोट लागेको छ ।