× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोना संक्रमित थपिदै, सक्रिय सङ्कमितको संख्या १९ पुग्यो

    २ वर्ष पहिले

    असार -३२, चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । आज शनिबार थपिएका ४ संक्रमितहरु भरतपुर महानगरपालिकाका रहेका छन्।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार १४ पिसिआर परीक्षण हुँदा ४ जनामा संक्रमण देखिएको हो। त्यसैगरी ६ एन्टीजेन परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

    हालसम्म चितवनमा सक्रिय सङ्कमितको संख्या १९ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको १७, रत्ननगर र राप्ती नगरपालिकाको १/१ जना रहेको छ। संक्रमित मध्ये १ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने १८ जना होम आइसोलेसनमा रहेका छन् ।