२ वर्ष पहिले
असार-३२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २२ हजार २ सय २ जना पुगेको छ ।
२४ घण्टामा १ हजार १ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८३ हजार ५ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५० हजार ६ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ८५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४१ जना रहेको छ।
२४ घण्टामा ५१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार ९ सय ५७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १७ जना र भेन्टिलेटरमा १ जना रहेको छ।