× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन प्रहरीले बरामद गरेको ६७.६५ क्युफिट सालको गोलिया सहित बोलेरो गाडि वन कार्यालयलाई बुझायो

    २ वर्ष पहिले

    असार-३२, चितवन प्रहरीले ६७.६५ क्युफिट सालको गोलिया सहित बोलेरो गाडि बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाए असार ३० गतेका दिन भरतपुर महानगरपालीका वडा नं. ११ स्थित नवजागृती सामुदायीक वनमा गस्तीमा गएको प्रहरी टोलीले अबैध रुपमा ना ४ च ४४१२ नं. को बोलेरो गाडिमा ओसार पसारको लागी लोडगरी राखेको सालको काठ ६७.६५ क्युफिट बरामत गरेको हो।

    बरामद गरिएको उक्त काठ र गाडी आवश्यक कारवाहिको लागी आज(शनिबार) डिभिजन वन कार्यालय भरतपुर चितवन पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।