× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चिकित्सा शिक्षा शुल्क बढ्यो, डाक्टर पढ्न ४५ लाख लाग्ने

    २ वर्ष पहिले

    असार -३२, चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८/७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

    गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तह र बिधामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

    उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढ्न ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ । उता, नर्सिङ पढ्नका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।