२ वर्ष पहिले
साउन-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २२ हजार ३ सय ३७ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८५ हजार १६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ५ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५२ हजार १ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय ७० रहेको छ भने संस्थागत आइसोलेसनमा ६९ जना रहेको छ।
२४ घण्टामा ५९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार १६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १८ जना र भेन्टिलेटरमा १ जना रहेको छ।