२ वर्ष पहिले
साउन-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २२ हजार ७ सय ९४ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८७ हजार ३ सय ५७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ३ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५४ हजार ४ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ७ सय १ रहेको छ भने संस्थागत आइसोलेसनमा ७५ जना रहेको छ।
२४ घण्टामा ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १५ जना र भेन्टिलेटरमा १ जना रहेको छ।