× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    किसानले वर्षा नभएपछि आफ्नै जनप्रतिनिधिलाई बाँधे

    २ वर्ष पहिले

    साउन-२, पश्चिम नवलरासीको सरावलका किसानले वर्षा नभएपछि आफ्नै जनप्रतिनिधिलाई बाँधेका छन्।

    उनीहरुले सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती चमार, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, पूर्वसांसद रामलखन हरीजन, वडा नं ४ का अध्यक्ष सुरेस यादव लगायतका जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्याएका हुन्।

    पानी नपरेर समस्या पर्दा पहिले पहिले गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गर्ने चलन थियो। अहिले जनप्रतिनिधि नै गाउँका अगुवा भएकाले स्थानीयले बाँधेर लगेका हुन्। मन्दिर पुगेर जनप्रतिनिधिले पूजा अर्चना गरेका छन्।

    गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा किसानले आफूहरुलाई बाँधेको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।

    वर्षा याममा लामो समय पानी नपर्दा स्थानीयले अगुवालाई बाँधेर मन्दिरमा लगेर हिलो छ्याप्ने र उनीहरुले मन्दिरमा पूजा गर्ने प्रचलन रहेको अध्यक्ष चौधरीले उल्लेख गरे।

    पानी नपरेपछि तीन दिनसम्म पूजा अर्चना गरी अन्तिम दिन गाउँका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पूजा अर्चना गर्दा भगवान खुसी भएर पानी दिन्छन् भन्ने स्थानीयमा विश्वास छ।