× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४ सय ५७ संक्रमित थपिए, निको हुनेको संख्या ६२

    २ वर्ष पहिले

    साउन-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २३ हजार ५ सय ८ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ८ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ८९ हजार २ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५५ हजार ९ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ८ सय ६५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय १७ जना रहेको छ।

    २४ घण्टामा ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार १ सय २६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १९ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।