× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३ सय ९१ संक्रमित थपिए, निको हुनेको संख्या ४६

    २ वर्ष पहिले

    साउन-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २३ हजार ५ सय ४१ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ५ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ९१ हजार ७ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय १९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५७ हजार ४ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार १ सय ४३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३३ जना रहेको छ।

    २४ घण्टामा ४६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार १ सय ७२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २१ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।