× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपाल राष्ट्रिय टोलीका क्रिकेट प्रशिक्षक पुबुदुको राजीनामा

    २ वर्ष पहिले

    साउन-४, नेपाल राष्ट्रिय टोलीका क्रिकेट प्रशिक्षक पुबुदुको राजीनामा दिएका छन्।

    खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् न् ।

    बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग-२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा बुझाएका हुन् । ’राजीनामा दिँदा दुखित् छु । व्यक्तिगत कारण यो निर्णय गरेको हो’, पुबुदुले भनेका छन् ।

    गत मंसिरमा खुला छनोटबाट क्यानले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस अघि दासानायके मुख्य प्रशिक्षक हुँदा नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । पुबुदुको पहिलो प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म डिभिजन चारदेखि दुई सम्मको यात्रा गर्यो ।