× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कस्तो हुनेछ आजको मौसम?

    २ वर्ष पहिले

    साउन-५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन ,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुर पश्चिम र प्रदेश १का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।