२ वर्ष पहिले
साउन-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २३ हजार ९ सय ७६ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ९३ हजार ४ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ५ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ५९ हजार ३ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ३ सय १९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४१ जना रहेको छ।
२४ घण्टामा ५६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार २ सय २८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू १९ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।