× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चुम्लिङ्ग नजिकै भएको बस दुर्घटनामा एकको मृत्यु १८ घाइेत, पुरा विवरण

    २ वर्ष पहिले

    श्रावण ५, मुग्लिन
    दुइवटा यात्रुवाहक सवारी सधान एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु र १८ घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ स्थित चुम्लिङ्ग नजिकै पानीधारा भन्ने स्थानमा काठमाण्डौबाट बझाङ तर्फ आउदै गरेको ना ६ ख १३४० नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट जादै गरेको लु २ ख ३५०२ नम्बरको वीङ्गर बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी घाइते भएकाहरुको सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा तत्काल उद्धार गरी ट्रमा सेन्टर कुरिनटार र मनकामना पोलिक्लिनिक कुरिनघाटमा प्रारथमिक उपचार पछि थप उपचारको लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुन्जित तामाङ्गले बताउनुभयो ।

    दुर्घटनामा परेका सवारी साधनहरुलाई प्रहरी चौकी कुरिनटारमा राखिएको छ भने बसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा राखिएको निरिक्षक तामाङले जनाएका छन् ।