२ वर्ष पहिले
साउन-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २४ हजार ४ सय ३२ जना पुगेको छ ।
२४ घण्टामा २ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ९५ हजार ६ सय ११ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ६ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६० हजार ९ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ४१ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ७ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३३ जना रहेको छ।
२४ घण्टामा ८० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ३ सय ८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.११ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २२ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।