× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा एकैदिन १२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २६ पुग्यो

    २ वर्ष पहिले

    साउन-६,चितवनमा एकैदिन १२ जना कोरोना संक्रमित थपिएका छन् ।

    आज शुक्रबार थपिएका १२ संक्रमितहरु मध्ये ११ जना भरतपुर महानगरपालिकाको र १ जना कालिका नगरपालिकाका रहेका छन्।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ६३ पिसिआर परीक्षण हुँदा १२जनामा संक्रमण देखिएको हो।

    हालसम्म चितवनमा सक्रिय सङ्कमितको संख्या २६ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको २३, राप्तीको १ र कालिका नगरपालिकाको २ जना रहेको छ।

    संक्रमित मध्ये २ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने २४ जना होम आइसोलेसनमा रहेका छन् ।