× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्र बैंकको गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्यो

    २ वर्ष पहिले

    साउन-६, नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    उनले सार्वजनिक गरेको मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

    कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

    त्यस्तै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको अधिकारीले बताएका हुन् ।

    नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दवाव पुग्नेछ ।

    केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

    कोभिड-१९ पछि दिइएको पुनःकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनःकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उनले जानकारी दिए ।

    रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ ।

    सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।

    शेयर धितो कर्जामा केन्द्रीय ब्यांकले सामान्य मात्रै हेरफेर गरेको छ। शेयर धितो राखी एउटा ब्यांक तथा वितीय संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै मौद्रिक नीतिले एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोडसम्म ऋण पाइने व्यवस्था गरेको छ।