× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कवि अनिल श्रेष्ठको अध्यक्षतामा ‘आँबुखैरेनी वाङ्मयमा परिषद’ को गठन

    २ वर्ष पहिले

    साउन-६, आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बद्र्धनको लागि आँबुखैरेनी गाउँपालिकाले कवि अनिल श्रेष्ठको अध्यक्षतामा ‘आँबुखैरेनी वाङ्मयमा परिषद’ को गठन गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आज(शुक्रबार) आयोजित भेलामा अनिल श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष सानुकाजी थापा, सचिव युवराज बगाले, सहसचिव कमल सापकोटा, कोषाध्यक्ष राजेन्द्र गुरुङ र सदस्यहरु रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल रहेका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९/०४/०३ बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धन यस परिषदको भूमिका उल्लेखनीय रहने बताए ।

    त्यसैगरी शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक एवं गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने बताए ।

    अध्यक्ष चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोध अनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ.ब. २०७९/८० बजेटबाट १५ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।