२ वर्ष पहिले
साउन-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३५जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २४ हजार ७ सय ६७ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ८८ जनाको पिसिआर परीक्षण गर्दा २ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ९६ हजार ६ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ९ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६२ हजार ८ सय ९४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७११ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३९जना रहेको छ।
२४ घण्टामा ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ३ सय ९४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.११ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २५ जना र भेन्टिलेटरमा शुन्य रहेको छ।