× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राप्रपा नेपाल सम्बद्ध युवाद्वारा नागरिकता विधेयकको विरोधमा राँके जुलुस प्रदर्शन

    २ वर्ष पहिले

    साउन-७, संसद् बाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका छन् ।

    शनिबार साँझ नागरिकता विधेयकको बुँदाहरू विवादास्पद ,अनुचित र राष्ट्र हित विपरीत भएको विरोधमा पार्टी सम्बद्ध युवक,विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

    नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठन युवक, विद्यार्थी र युवा मोर्चाले संसद्बाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको हो । विवाह गर्ना साथ कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहीँ नभएको भन्दै नेताहरूले आक्रोश व्यक्त गरे ।

    सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने उनीहरूको धारणा छ । विवाह गरेर आएकाहरूलाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने प्रदर्शनकारीहरूको माग रहेको छ । बिशालगरबाट सुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चाइनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप गरेको थियो । रातोपाटी बाट