× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

    २ वर्ष पहिले

    साउन-८,आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउ बढ्दा चाँदीको भाउ घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५५ रूपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रूपैयाँमा कारोबार भएको थियोे।