× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भक्तपुरमा सल्लाको रुख ढल्दा बस र स्कुटरमा सवार तीन जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-८, भक्तपुरमा सल्लाको रुख ढल्दा बस र स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्यान्ड होटलको गेट अगाडि सल्लाको रुख ढलेको थियो।

    आइतबार दिउँसो साढे १२ बजे सल्लाको रुख ढल्दा किचेर तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। बा २ ख ३५८४ नम्बरको बसमा सवार दुई जना र बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो। मृतकहरुको परिचय खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। घाइतेहरुको इमामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।