× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३ सय ४७ संक्रमित थपिँदा २ जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २४ हजार ७ सय ६७ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ३ सय ६० जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ९९ हजार ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६४ हजार ४ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४२जना रहेको छ।

    २४ घण्टामा ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ४ सय ८९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.१० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २२ जना र भेन्टिलेटरमा २ जना रहेको छ।