२ वर्ष पहिले
श्रावण ९, भरतपुर
गएराति चितवनमा धारिलो हतियार प्रयोग गरी श्रीमतिको हत्या भएको छ । आइतबार राति १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरमा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रुष्माको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा १०ः४० बजे मृत्यु भएको हो ।
श्रीमतीको हत्या गरी भाग्ने क्रममा तीन तलाबाट हाम फाल्दा कृष्णप्रसाद गम्भिर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।