२ वर्ष पहिले
साउन-९, चितवनमा पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित थपिएका छन् ।आज शनिबार थपिएका ५ संक्रमितहरु भरतपुर महानगरपालिकाका रहेका छन्।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५७ पिसिआर परीक्षण हुँदा ५ जनामा संक्रमण देखिएको हो।
चितवनमा सक्रिय सङ्कमितको संख्या २८ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको २६ र कालिका नगरपालिकाको २ जना रहेका छन्। सबै संक्रमित होम आइसोलेसनमा रहेका छन्।