× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५ सय ६८ संक्रमित थपिँदा १ जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २५ हजार ३ सय ३५ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख २ हजार १ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६६ हजार १ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ४ सय ७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय २७ जना रहेको छ।

    २४ घण्टामा ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ५ सय ९४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.०७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू २७ जना र भेन्टिलेटरमा २ जना रहेको छ।