× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको नारायणगढमा ट्याङकरले मागेर खाँदै हिड्ने पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु

    २ वर्ष पहिले

    साउन-९, चितवन नारायणगढको पुल्चोकमा ट्याङकरले मागेर खाँदै हिड्ने पुरुषलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार आज(सोमबार) दिउसो १ बजे पुल्चोकबाट गैडाकोट तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङकरले नारायणगढ बजार क्षेत्रमा सो ब्यक्तिलाई ठक्कर दिएको हो ।

    ठक्कर दिने ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हालसम्म मृतकको पहिचान खुलेको छैन । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।