× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६ सय ३८ संक्रमित थपिँदा २ जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २५ हजार ९ सय ७३ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ४ हजार ३ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ३८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ६८ हजार ९ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ५ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ३३ जना रहेको छ।

    २४ घण्टामा २ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६८ हजार ८ सय २ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.०४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३० जना र भेन्टिलेटरमा १ जना रहेको छ।