२ वर्ष पहिले
साउन-१०, चितवनमा आज (मंगलबार) एकैदिन १३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४० पिसिआर परीक्षण हुँदा १२ जना र ३ एन्टिजेन परीक्षण हुँदा १ जनामा संक्रमण देखिएको हो।
आज थपिएका १३ संक्रमितहरु मध्ये ११ जना भरतपुर महानगरपालिकाको र १/१ जना माडी तथा राप्ती नगरपालिकाको रहेको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ४१ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको ३७ र कालिका नगरपालिकाको २ र माडी तथा राप्ती नगरपालिकाको १/१जना रहेका छन्। सबै संक्रमित होम आइसोलेसनमा रहेका छन्।