२ वर्ष पहिले
साउन-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २६ हजार ५ सय ३७ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय ७५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ७ हजार १ सय ३६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ६ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ७० हजार ६ सय ५४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय २९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ७ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४८ जना रहेको छ।
२४ घण्टामा २ सय २ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६९ हजार ४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.०१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३२ जना र भेन्टिलेटरमा २ जना रहेको छ।