× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एसईई को नतिजा प्रकाशित, परीक्षामा २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या धेरै

    २ वर्ष पहिले

    साउन-११, राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को बोर्ड परीक्षा (एसईई ) को नतिजा प्रकाशित गरेको छ।

    सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६ सय३३ जना रहेका छन् ।परीक्षामा सबै भन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छन् ।

    गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए ।

    देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ।

    मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

    त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नतिजा हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि www.see.gov.np , www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।

    विवरण: