× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७ सय १० संक्रमित थपिँदा दुई जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २७ हजार २ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ९ हजार ६ सय ७७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ७३ हजार १ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ३६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ८० रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५६ जना रहेको छ।

    २४ घण्टामा २ सय १५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६९ हजार २ सय १९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३३ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।