× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५ सय ७७ संक्रमित थपिँदा दुई जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २७ हजार ८ सय २४ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ४ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख १२ हजार १ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ८ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८६ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ७४ हजार ८ सय ४६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार २ सय ३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५३ जना रहेको छ।

    २४ घण्टामा २ सय ६९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६९ हजार ४ सय ८८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३४ जना र भेन्टिलेटरमा ५ जना रहेको छ।