× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा चोरी भएको मोटरसाईकल र लागुऔषध सहित २ जना पक्राउ

    २ वर्ष पहिले

    साउन-१३, चितवन प्रहरीले चोरी भएको मोटरसाईकल र लागुऔषध सहित २ जना पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका ५ बस्ने प्रशान्त बुढाथोकीको घरको कम्पाउन्डबाट २०७९ बैशाख २६ गते बागमति प्रदेश ०३-०२८ प ४९३८ नं. को केटिएम डुक मोटरसाईकल चोरी भएपछि प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

    प्रहरीले खोजतलासको क्रममा मिति २०७९ साउन १२ गते भरतपुर महानगरपालिका २ स्थित सडकमा उक्त मोटरसाईकल को नं. परिवर्तन गरी प्रदेश ३-००३ प ५८९० को नं. प्लेट लगाई भरतपुर महानगरपालिका ११ बस्ने २२ बर्षिया सुमन गुरुङ चलाएको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ बर्षिय विबेक थापाको साथबाट लागुऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल फेला परेको अवस्थामा मोटरसाइकल र लागुऔषध सहित दुबै जनालाई पक्राउ गरेको हो।

    पक्राउ परेका दुबै जनालाई लागुऔषध तथा चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।