× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ६२ पुग्यो

    २ वर्ष पहिले

    साउन-१४, चितवनमा आज (शनिबार) ८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ३० पिसिआर परीक्षण हुँदा ६ जना र ८ एन्टीजन परीक्षण हुँदा २ जनामा संक्रमण देखिएको हो।आज थपिएका ८ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेका छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ६२ पुगेको छ ।जसमध्ये भरतपुर महानगरपालिकाको ५४, रत्ननगर नगरपालिकाको ३, कालिका, राप्ती, माडि, खैरहनी नगरपालिका एवं इच्छाकामना गाउँपालिकाको एक एकजना जना रहेका छन्।

    संक्रमित मध्ये ५ जना अस्पताल तथा ५७ जना होम आइसोलेसनमा रहेका छन्।