× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    लायन्स क्लब अफ आबुँखैरेनी स्टारद्वारा मुग्लिनमा बृक्षरोपण एवं विरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न

    २ वर्ष पहिले

    साउन-१४, लायन्स क्लब अफ आबुँखैरेनी स्टारद्वारा इच्छाकामना गाउँपालिका मुग्लिनमा आयोजित बृक्षरोपण एवं विरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

    लायन्स क्लब अफ आबुँखैरेनी स्टारका अध्यक्ष लायन किसान श्रेष्ठको अध्यक्षतामा एवं टिम लिडर लायन सुरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न विरुवा हस्तान्तरण कार्यक्रममा नेवार गुठी समाज मुग्लिनका उपाध्यक्ष राजु श्रेष्ठलाई विरुवा हस्तान्तरण गरिएको थियो।

    लायन्स क्लब अफ आबुँखैरेनी स्टारका सचिव रविन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा इच्छाकामना होटल ब्यवसायी संघ एवं नमुना मुखिया टोल सुधार समितिका अध्यक्ष मीनबहादुर श्रेष्ठ, शान्ति बजार टोल सुधार समिति का अध्यक्ष हेमलाल श्रेष्ठ, नेवा गुठि समाजका उपाध्यक्ष राजु श्रेष्ठ, नेवा ल्याम्ह पुचका अध्यक्ष धनकुमार श्रेष्ठ,लायन्स क्लबका लायन बाबुराम श्रेष्ठ, तुलसी खनाल, विमला श्रेष्ठ , पृथ्वी श्रेष्ठ लगायत नेवार गुठी समाज मुग्लिनका पदाधिकारीहरू उपस्थित रहेका थिए।

    विरुवा हस्तान्तरण पश्चात लायन्स क्लबका पदाधिकारी एवं सहभागीहरुले ले नेवा गुठि समाजको जग्गामा वृक्षारोपण गरेका थिए।