× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    माओवादी केन्द्र निकट बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन

    २ वर्ष पहिले

    साउन-१४,नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन हुनुभएको छ ।

    आज(शनिबार) इच्छाकामना-३, कुरिनटारमा सम्पन्न प्रथम भेलाले पोखरेलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । भेलाले उपाध्यक्षमा रामनाथ त्रिपाठी, मदन चेपाङ र सावित्री खनाल, सचिवमा नारायणप्रसाद पौडेल, सह–सचिवमा रामजी त्रिपाठी र कोषाध्यक्षमा हिमलाल अधिकारीलाई चयन गरिएको छ ।

    वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल बुद्धिजिवी संगठन वागमती प्रदेशका उपाध्यक्ष डा. प्रेम सागर भण्डारी, केन्द्रिय सदस्य विनोद खण्ड भण्डारी, माओवादी केन्द्र वागतमी प्रदेश सदस्य प्रताप गुरुङ र सावित्री सिलवाल विशिष्ट आतिथ्यता रहनु भएको थियो ।

    कार्यक्रममा उप-प्राध्यापक एवं समालोचक/साहित्यकार तेजविलास अधिकारी,नेकपा माओवादी इच्छाकामनाका कार्यवाहक अध्यक्ष रामप्रसाद बोहोरा,छन्दबादी प्रगतिशील साहित्यकार कृष्णप्रसाद पोखरेल लगायतको आतिथ्य रहनुभएको थियो ।

    नेपाल बुद्धिजिवी संगठनका बागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज इश्वरविलास अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा नारायण भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।