× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८ सय ९५ संक्रमित थपिँदा एक जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख २९ हजार ७ सय ७७ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ६ सय ८५ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख २० हजार २ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार २ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ८२ हजार २ सय ८५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ७ सय ९२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ४२ जना रहेको छ।

    २४ घण्टामा २ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७० हजार ३ सय २६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.९० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३६ जना र भेन्टिलेटरमा ५ जना रहेको छ।