× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजधानी जोड्ने मुख्य राजमार्गहरुको पछिल्लो अपडेट

    २ वर्ष पहिले

    १७ श्रावण, मुग्लिन
    केहिदिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउमा पहिरो खस्दा राजधानी जोड्ने मुख्य राजमार्गहरु अबरुद्ध भएका छन् । पृथ्वीराजमार्ग र मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउमा पहिरो खस्दा राजमार्ग रातिदेखि नै अबरुद्ध हुन पुगेको हो । हाइवे समाचारले सम्बन्धित प्रहरी कार्यालयहरुमा सम्पर्क गरि राजमार्गको पछिल्लो अवस्थाको बारे जानकारी लिने कोसिस गरेका छौ,

    मुग्लिन–नारायणगढ सडकको अवस्था
    भरतपुर महानगरपालिका वडा नं. २९ स्थित केराबारीमा लेदो सहितको पहिरोको कारण राति १२ बजे देखि राजमार्ग अबरुद्ध बन्न पुगेको छ । यस सडक खण्डमा सानो–ठुलो गरी दर्जन भन्दा बढी ठाउहरुमा पहिरो खसेको र ती सबै पहिरो हटाइ सकेको तर अहिले केराबारी र १७ किलोको पहिरो हटाउने काम भइहरको इलाका प्रहरी कार्यलाय मुग्लिनका प्रहरी निरिक्षक सुञ्जित तामाङले हाइवे समाचारलाई जानकारी दिएका छन् ।
    उन्का अनुसार १७ किलोको पहिरो केही बेरमा हटाइ सक्ने तर केराबारीको पहिरो हटाउन ४ देखि ५ घण्टा लाग्ने बताएका छन् । वर्षा भइरहेको कारण पहिरो खस्न सक्ने भएकाले पहिरो नहटाउदा सम्म सवारी साधनहरुलाई सुरक्षित स्थानमा रोकिएको निरिक्षक तामाङले बताए । नारायणगढ जाने सवारी साधनहरुलाई मुग्लिनमा र मुग्लिन तर्फ आउने सवारी साधनहरुलाई जुगेडीमा रोकिएको छ ।

    नौविसे–मुग्लिन सडकको अवस्था
    पृथ्वी राजमार्ग अन्तरगत चितवन र धादिङ्गको विभिन्न ठाउमा पहिरो खसेर अबरुद्ध बनेको राजमार्ग यतिबेला भने खुलेको छ । धादिङ्गको जोगिमारामा गएराति ठुलो चट्टान सहितको पहिरो खस्दा राजमार्ग अबरुद्ध भएकोमा सडक विहान देखि एकतर्फी सञ्चालनमा ल्याइएको र दुवै तर्फ सञ्चालनमा ल्याउन पालिका प्रमुखसंग समन्वय भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मझिमटारका प्रमु्ख नरहरी अधिकारी बताएका छन् । उता कृष्णभिर देखि मलेखु सम्म कुनै अवरोध नरहेको अस्थायी ट्राफिक पोष्ट बेनिघाटका प्रमुख इन्द्र घिसिङ्गले जनाएका छन् ।

    मुग्लिन–पोखरा सडकको अवस्था
    पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन पोखरा सडकमा भने अवरोध नरहेको प्रहरीले बताएको छ । आँबुखैरेनी क्षेत्रमा कुनै पहिरो नभएको इलाका प्रहरी कार्यालय सञ्चार शाखाले बताएको छ । त्यस्तै आँबुखैरेनी डुम्रे सडक खण्ड अन्तरगत याम्पामा भने पहिरो खस्ने जोखिम भएको हुदा जतिबेला पनि पहिरो खसेर राजमार्ग अबरुद्ध हुनसक्ने अस्थायी ट्राफिक पोष्ट डुम्रेका प्रमुख विष्णु मग्रातीले बताएका छन् ।