× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरणले मैदानमै गरे प्रेमिकासँग विवाह प्रस्ताव

    २ वर्ष पहिले

    साउन-१७, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

    सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई नेपाली गोलकिपर किरणकुमार लिम्बूले अविस्मरणीय बनाएका हुन्।किरण आबद्धक्लब माजिया एससीले सिजनको उपाधि जित्न सफल भयो भने उनी लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए। किरणले खुसी यतिमा मात्र सीमित राखेनन्।क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा

    उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे।त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखे।किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

    कञ्चन पेशाले एयरहोस्टेज हुन्। केही वर्षदेखि प्रेममा रहेका उनीहरूको यो वर्ष विवाह गर्ने योजना छ। किरणले आफ्ना नजिकका साथीसँग यो वर्ष विवाह गर्ने बताएका छन्।माल्दिभ्सको राजधानी मालेमा प्रेमिका निरौलालाई औंठी लगाइदिएको भिडिओ किरणले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

    भिडिओ पोस्टमा उनले प्रेमिकाको प्रशंसा गर्दै आफ्नो जीवनमा आएकोमा धन्यबाद दिएका छन्। नेपाली गोलकिपर किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषित हुन सफल भएका हुन्।किरण आबद्ध माजिया एससीले सिजनको लिग जितेको थियो। माजियाले लिग जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए।माजियाले लगातार तीन सिजन लिगको उपाधि जितेको हो। जितसँगै माजिया एएफसी कपको समूह चरणमा छनोट हुन समेत सफल भएको छ।